आरबीआईको निर्देश ३१ मार्चसम्म सबै ब्याङ्कहरू खुल्ला रहनेछ

guest-colm_GF1AGREAE0TGB.4.jpg.webp

नयाँ दिल्ली: रिजर्भ ब्याक अफ इण्डिया (आरबीआई) ले ब्याङ्कहरूलाई खुल्ला राख्ने निर्देश जारी गरेको छ।आरबीआईको निर्देशपछि अब आइतवार पनि तपाईले ब्याङ्कसित जुड़ेको काम पूरा गर्न सक्नेछन्। यद्यपि, ३१ मार्चपछि लगातार दुई दिन १ र २ अप्रेलमा ब्याङ्कहरूमा कामकाज हुनेछैन। आरबीआईले २१ मार्चमा जारी आफ्नो निर्देशमा भनेको छ, ३१ मार्चमा चालू वित्त वर्ष २०२२-२३नसमाप्त हुनेछ। यस्तोमा सरकारसित जुड़ेको सबै लेन-देन यस मितिसम्म पूरा हुनुपर्छ। वित्त वर्ष २०२२-२३ लाई लिएर ३१ मार्चको निम्ति निर्धारित खाताहरूको वार्षिक समाप्तिको साथ उनीहरूले आफ्ना शाखाहरूलाई
उपर्युक्त मितिसम्म कामका घण्टाहरूसम्म खुल्ला राखुन्।उल्लेख्य, ३१ मार्चमा ब्याङ्कमा सालाना क्लोजिङको काम हुन्छ। यसैले गर्दा आरबीआईले सबै ब्याङ्कहरूलाई सरकारी लेन-देनको निम्ति शाखाहरू खोल्ने आदेश जारी गरेको छ। यद्यपि, ग्राहकहरूको निम्ति यस दिन ब्याङ्कहरूमा कामकाज हुनेछैन तर ब्याङ्कहरूका शाखाहरूमा चेक जमा हुनेछ। यसका साथै यस दिन अनलाइन ब्याङ्किङ पनि खुल्ला रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement