राज्यका ३५ सदस्य टोलीले निलम गुरूङ र शारदा राईसँग नेपालमा भेट गर्दै फर्कियो

IMG-20230322-WA0345.jpg

गान्तोक: सरमसामा आयोजित अन्तरराष्ट्रिय महिला दिवस कार्यक्रमबाट मुख्यमन्त्री प्रेमसिंह तामाङले घोषणा गरेपछि उनकै मार्गनिर्देशनमा ३५ सदस्यीय प्रतिनिधि टोलीले काठमाडौं पुगेर द पोयट आइडलमा सिक्किमको प्रतिनिधित्व गरिरहेकी सिक्किमकी छोरी नीलम गुरुङसँग भेट गरेर सिक्किमेको एकता देखाएपछि हिजो सो टोली गान्तोक फर्किआएको छ। यसबारे आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले एक प्रेस विज्ञप्ति जारी गर्दै १८ मार्चको दिन यहाँबाट काठमाडौं पुगेको सो टोलीले द पोयट आइडलको शीर्ष ८-मा पुग्न सफल निलम गुरुङलाई थप यात्राको निम्ति शुभकामना व्यक्त गरेको बताएका छन्। प्रतिनिधि टोलीले विशेषगरी मुख्यमन्त्री प्रेमसिंह तामाङसँगै सम्पूर्ण राज्यवासीको पक्षबाट आगामी चरणका प्रतिस्पर्धाहरूको निम्ति अग्रिम बधाई एवं शुभकामना व्यक्त गरेको खालिङले बताएका छन्।

राज्य सरकारसाथै एसकेएम प्रतिनिधि मण्डलको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले अगुवाई गरेका थिए भने उक्त प्रतिनिधि टोलीमा जूम सालघारीका विधायक सुनिता गजमेर, नाम्ची जिल्लाका अध्यक्ष अञ्जिता राजालिम, पाकिम जिल्लाका अध्यक्ष लाडेन भोटिया अनि सोरेङ जिल्लाका अध्यक्ष तिला देवी गुरुङ, चारजना महिला उपाध्यक्ष देवी माया प्रधान, प्रभा प्रधान, अनिता राई अनि सोनाम किपा भोटिया, गान्तोक नगरनिगमका पार्षद कला राई, विद्युत विभागका अध्यक्ष मिङ्मा लामा लगायत अन्य रहेका थिए। यस प्रतिनिधि टोलीले अन्तिम दिन २१ मार्चमा भाग्यवश निलम गुरुङको आगामी भागको रेकर्डिङ कार्यक्रममा उपस्थिति दिने अवसर पाएको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले अवगत गराएका छन्। प्रतिनिधि टोलीले मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा सुश्री नीलम गुरुङलाई पठाइएको प्रशंसाको प्रतीक हस्तान्तरण गऱ्यो।योसँगै अन्तरराष्ट्रिय तमु परिषद्ले नीलम गुरुङसँगै सिक्किमको प्रतिनिधि टोलीलाई कार्यक्रम आयोजन गरी सम्बर्द्धना जनाउने कार्य गऱ्यो।यसरी नै प्रतिनिधि टोलीद्वारा भोइस अफ् नेपाल किड्स वर्गमा छनौट भएका पाकिम जिल्लाअन्तर्गत दलपचन्दकी शारदा राईसँग पनि भेट गरेर मुख्यमन्त्रीद्वारा पठाइएको प्रशंसाको प्रतिक हस्तान्तरण गरियो।

About Author

Advertisement