वर्तमान सरकार प्रेसर ग्रुपको दवाउमा आउने छैन्: विकास बस्नेत

IMG-20230322-WA0347.jpg

गान्तोक: आज राजधानीमा विभिन्न राजनीतिक पार्टीहरूलाई लिएर एउटा गैर राजनीतिक सङ्गठन सिक्किम प्रोग्रेसिव यूथ फोरमले राज्यमा कथित रुपमा बढ्दो राजनीतिक हिंसाको विरोधमा निकालेको शान्तिपूर्ण प्रतिवाद रेलीको सन्दर्भमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रचार प्रसार समन्वयक तथा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले सरकार “प्रेसर ग्रुप” हरूको दवाउमा नआउने बताएका छन्। सरकार प्रेसर ग्रुपहरूसित नडराउने बस्नेतले किटान गरेका छन्। वर्तमान परिपेक्ष्यमा जुलूस र नाराबाजी गरेर सरकारलाई दबाउमा ल्याउन केही तत्वहरू सक्रिय बनेको तर सरकार उनीहरूको दबाउमा नआउने बस्नेतले ठोकुवा गरे। अर्कोतिर आज जसरी राजधानीमा शान्तिपूर्ण प्रतिवाद याली निकालियो। त्यो नै वस्तावमा प्रजातन्त्र हो भन्ने पनि विकास बस्नेतको भनाइ रहेको छ। आज विपक्षीहरूले राज्यमा प्रजातन्त्र छैन भनेर प्रतिवाद जुलूसहरू निकालिरहेका छन्। वस्तवमा यसरी प्रतिवाद जुलूसहरू निकाल्न पाउनुनै प्रजातन्त्र रहेको बस्नेतजे बताए। तर सरकारकालमा यसरी स्वतन्त्र र खुल्लारुपमा प्रतिवाद यालीहरू आयोजना गर्ने स्थिति नरहेको उनले किटान गरे। आज एसपीवाइएफ-ले निकालेको यालीबारे प्रश्न गर्दा प्रजातन्त्रमा यसरी शान्तिपूर्वक याली गर्न पाउनु उनीहरूको अधिकार रहेको विकास बस्नेतले बताए। राज्यमा अहिले आएर राजनीतिक हिंसाको घटनाहरूमा वृद्धि भएको छ भन्ने विपक्षीहरूको आरोपबारे बोल्दै २०१९ भन्दा अघि राज्यमा कति राजनीतिक हिंसाहरू भए भन्ने कुराको पनि अवलोकन गर्नुपर्ने उनले संस्थाका प्रतिनिधिहरूलाई सुझाउ दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *