सोनादा: जीटीए चुनाउका हिल्स तृणमूल कङ्ग्रेस उम्मेद्वार एनबी खवासले आज सिडर्स चियाबारीका श्रमिकहरूको विरोधको सामना गर्नु पऱ्यो। आक्रोशित बनेका चिया श्रमिकहरूले घेरेर तिनलाई एनबी खवास गो ब्याक – को नाराहरू समेत लगाए। सिडर्स कमानका श्रमिकहरूले चुनाउ प्रचारमा आएका एनबी खवासलाई भने, जबसम्म तपाई उम्मेद्वारको रूपमा चयन हुनु भएको थिएन, तपाईहरूको प्रतिनिधिहरू समेत हाम्रो समस्या बुझको लागि यहाँ आएन। अहिले नोमिनेशन फाइल गरेर जब पक्कापक्की भयो तब यहाँ भोट माग्नु आउनु भएको भन्दै श्रमिकहरूले प्रश्न गरे। तिनीहरूले अझ भने, “तपाई सरकार पक्षको हुनुहुन्छ भने हामी भोक भोकै भएको कुरा किन सरकारसम्म पुन्याएर सोधपुछ गर्नु हुन्न? यतिका दिनसम्म कुनै पनि राजनीतिक दलहरूले यसरी साथ नदिएको बताउँदै श्रमिकहरूले ‘एनबी खवास गो ब्याक’, ‘यतिका दिनसम्म तिमी कहाँ थियो’ आदि जस्ता नाराहरू लगाए।