जातिलाई लथालिङ्ग बनाउने ब्यवस्थाको बिरोध गरेको हो: गोरामुमो

IMG-20220615-WA0116.jpg

दार्जीलिङ। जातिलाई लथालिङ्ग बनाउने जीटीए ब्यवस्थाको बिरोध गरेको हो यस्तो ब्यवस्थालाई जरैदेखि उखालेर फ्याक्नु पर्छ भनी आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टिका प्रबक्ता बिरमन लामाले आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा भने। केन्द्रीय कार्यालय दार्जीलिङमा आज अध्यक्ष मन घिसिङसँग समष्टिका प्रतिनिधिवर्गको साङ्गठनिक सभामा अध्यक्ष मन घिसिङले जीटीएको बैधानिकता माथी चुनौती दिँदै उच्च न्यायलयमा मुद्दा दायर गरेका विषयहरूमा अध्यक्ष मन घिसिङले समष्टिका प्रतिनिधिहरूलाई जानकारी गराएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। सभापछि मिडिया मार्फत जानकारी गराउदै बिरमन लामाले भने, चुनाव आयोगको दायरामा समेत नपर्ने जीटीए चुनावको पछि लागेर हाम्रै गोर्खा दाज्युभाईहरूले हाम्रो अस्तित्व, चिनारीलाई मास्ने षड्यन्त्र गर्दैछ। जीटीएले हामीलाई लथालिङ्ग बनाएका छन्। मिडिया मार्फत जानकारी पाए अनुसार मतदान प्रक्रियामा भोट बहिष्कार गर्ने बटन पनि नरहेको यो त गणतन्त्रको हत्या हो, गणतन्त्रमा भोट बहिष्कार गर्नु पनि हाम्रो मौलिक अधिकार हो। यस्तो दमन नीतिको हामी घोर बिरोध गर्दछौं भनी बिरमन लामाले जनाएका छन्। जीटीएले अहिलेसम्म कति कार्य गर्योब, भएको कुरालाई पनि लथालिङ्ग बनायो। जीटीएको चुनावको पछि लाग्नेहरूले जवाब दिनु पर्छ। जतिसुकै गरेपनि जीटीएको चाबी कोलकतामा छ, जनताको राज भने पनि जनताको सेवक भने पनि केही गर्नु सक्दैन यसको उदाहरण हामीले देखिसकेका छौँ। यहाँ जतिनै उफ्रे पनि हुनेवाला केही छैन। यसकारण जनता स्वयंले निर्णय गर्नुपर्छ। अब गोर्खा जाति सबै एक भएर केन्द्र अनि राज्यलाई सन्देश दिनु सक्नु पर्छ। केन्द्र सरकारले पनि न्याय दिनुपर्ने समय यही हो भनी बिरमन लामाले बिज्ञप्ति जारी गर्दै तिनले थप भने, आज केन्द्रीय कार्यालयमा अध्यक्ष मन घिसिङले समष्टिलाई सम्पुर्ण जानकारी गराएकोमा समष्टिको तर्फबाट आभार व्यक्त गर्दछौं साथै यो लडाइँमा समष्टिले अध्यक्ष मन घिसिङलाई अन्तिम क्षणसम्म साथ दिनेछौं भनी बिरमन लामाले जनाएका छन्।

About Author

Advertisement