कालचिनीः बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधीनस्थ रहेको कालचिनी चियाबारीको प्रायः २००३ श्रमिकहरूले गत २० मार्चको दिन कालचिनी बीडीओ कार्यालय समक्ष धरना अनि ज्ञापन गरे लगत्तै मंगलाबार पनि फ्याक्ट्री गेट अघि श्रमिकहरू धरनामा बसेका थिए। आज पुनः श्रमिकहरूले काम बन्द राखेर फ्याक्ट्री गेट अघि धरना कर्मसूची जारी राखे।
कुनै ट्रेड यूनियनको निर्देशमा नभएर यो जम्मै श्रमिकहरूको एकतामा पीएफ र ग्रेच्युटीको रकम जमा अनि रिटायर्ड श्रमिकहरूलाई रहल पीएफ र ग्रेच्युटी भुगतान गर्नुपर्ने अनि कमानमा दलाली चक्र बन्द गरिनु पर्ने दाबी राखेर धरना कर्मसूची पालन गरीएको श्रमिकहरू जनाएका छन्। जबसम्म कमानको मालिकपक्षले दाबी स्वीकार गर्दैनन तबसम्म श्रमिकहरूले धरना जारी चेताउनी दिएका छन्।