पञ्चायत चुनाउ लिएर डुवर्स गोजमुमोको तयारी

f13cafc7-7872-4692-8835-3315dae3a696

कालचिनीः आगामी पञ्तायत चुनाउलाई केन्द्र गरेर सम्पूर्ण राजनैतिक दलहरूले आ-आफ्नो क्रियाकलाप देखाउन शुरु गरीरहेको क्रममा गोर्खा जनमुक्ति मोर्चा डुवर्स शाखाले पनि यसलाई गम्भीरताको साथ हेर्दै तयारी शुरु गर्न थालेको छ।
यस क्रममा गोजमुमो जयगाउँ एक, जयगाउँ दुई र दलसिंहपाड़ा अञ्चल कमिटीको संयुक्त बैठक जयगाउँमा सम्पन्न भएको गोजमुमो नेता राजेश बराईलीले जनाएका छन्।
जयगाउँ एक नम्बर अञ्चलको मंगलाबारी स्थित गोर्खा भवनमा सम्पन्न बैठकमा गोजमुमो डुवर्समा अझै पनि सक्रिय रहेको र आफ्नै अनुशासनमा रहेर गोजमुमोले डुवर्समा अध्यक्ष बिमल गुरुङको दिशानिर्देशमा काम गरिरहेकोले आगामी पञ्चायत चुनाउमा गोजमुमोको जनाधार बनाई राख्न गोजमुमो डुवर्सले पनि यसमा सहभागिता जनाउने गोजमुमो नेता राजेश बराईलीले बताएका छन्। अध्यक्ष बिमल गुरुङको निर्देश मुताबिक आगामी दिनमा चुनावी रणनीति बनाईने र यसको निम्ति गोजमुमो डुवर्स कमिटीले काम गर्ने र आगामी दिनमा यसबारे डुवर्समा गोजमुमोले विस्तारित बैठक गरेर रणनीति बनाउने गोजमुमो नेता राजेश बराईलीले थप जनाएका छन्।

About Author

Advertisement