विश्व जल दिवस पालन

e352021c-cf2a-473f-af6f-f3f1089c5e33


कालचिनीः बुधबार विश्व जल दिवसको उपलक्ष्यमा इनभोल्भ नामक स्वेच्छासेवी संगठनको पक्षबाट कालचिनी खण्डको मेचपाड़ा ८ नम्बर गाउँमा स्थानीय किशोरीहरूलाई समेटेर पानीको संरक्षण विषयमा सचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा पानीको महत्व र यसलाई जोगाएर प्रयोग गर्ने बारे अन्तरक्रिया किशोरीहरूमाझ चलाएको थियो। विशेषतया पृथ्वीमा वर्तमान पिउने पानीको श्रोत सुक्दै गईरहेको गम्भीर स्थिति वैज्ञानिकहरूले बताईरहेको बेला मान्छेले चाहिएको मात्रामा पानीको प्रयोग गर्ने र नलबाट पानी प्रयोग गरेपछि नल सदैव बन्द गर्न भूल्न नहुने एवम् शौचालयमा र किचनमा सीमित तथा चाहिएको मात्रामा पानीको व्यावहार गर्ने इन्भोल्भ संगठनका स्वयंसेवकहरू अर्पण राई र समीर छेत्रीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement