महिला मित्र गाउॅंमाथि तीन दिवसीय तालिम शुरू

Untitled-1-copy-52

नाम्चीः गेजिङ जिल्लाअन्तर्गत हि-मार्तम खण्ड प्रशासन केन्द्रस्थित १३ माइल बर्मेक सामुदायिक भवनमा आजदेखि महिला मित्र गाउँ विषयमाथि तीन दिवसीय तालिम शुरु भएको छ। सो तालिम राज्य संस्थान ग्रामीण विकास कर्फेकटारको तत्वावधानमा साथै सिक्किम ग्रामीण आजीविका मिशन हि-मार्तमको सहयोगमा आयोजना गरिएको हो।

आमा-चेली साथै स्वयं सहायता समूहका सदस्याहरूको सशक्तिकरण एवं गाउँलाई महिला मैत्री गाउँ बनाउने उद्देश्य लिएर सो तालिम गरिएको जानकारी ब्लक प्रोजेक्ट म्यानेजर राजेन्द्रकुमार शर्माले दिए। तालिमको पहिलो सत्रमा गैर सरकारी संस्था हिमाली विकास संस्थानका कार्यकारी निर्देशक गणेशप्रसाद शर्माले नेतृत्व विकास विषयमाथि बोल्दै अब आमाहरूले पूर्ण रूपमा सशक्त भएर अघि बढ्न सके मात्र गाउँको विकाससँगै राज्यले पनि विकास र प्रगति अनि सफलता प्राप्त गर्ने बताए।

दोस्रो सत्रमा क्रिसिल फाउन्डेशन सिक्किमका क्षेत्र प्रबन्धक हेमकुमार छेत्रीले वित्तीय साक्षरताले महिलाहरू कसरी सशक्त बन्न सक्छ भन्ने विषयमाथि जानकारी गराए। भारत सरकारद्वारा आयोजित विभिन्न योजनाहरू रहेको र यस विषयमा अझै पनि अनभिज्ञ रहेका छौँ भन्दै उनले घरका आमाहरूलाई ती योजनाहरूको ज्ञान प्राप्त भए आफ्नो परिवारलाई फाइदा पुग्ने बताए।

आजदेखि शुरू भएको यस तीन दिवसीय तालिम आगामी २४ मार्चमा समापन हुनेछ। जम्मा २० वटा स्वयं सहायता समूहले भाग लिएको यस तालिममा जम्मा ५० भन्दा बढ़ी स्वय सहायता समूहका सदस्याहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement