दार्जीलिङ। जनताको राज मन नपराउँनेहरूले पोस्टर च्यात्दैछ भनी अजय एडवार्डस बताए। जीटीए सभा चुनावको प्रचार प्रसारमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले अहिले कालेबुङमा छन्। कालेबुङ विभिन्न समष्टिहरूमा चुनावी प्रचार प्रसार गर्दै आज ३३ नम्बर चिबु टासीदिङ समष्टिमा अध्यक्ष एडवार्डसले चुनावी प्रचार प्रसार गऱ्यो। यस अवधि हाम्रो पार्टीको उम्मेद्वार अनिल रामतेल पनि उपस्थित रहेका थिए। आयोजित चुनावी प्रचार प्रसारको क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पहाडको विभिन्न क्षेत्रहरूमा हाम्रो पार्टीको पोस्टरहरू च्यात्ने गरेको बताए। तिनले अघि भने, हामीले हाम्रो पोस्टरहरूमा नराम्रो कुराहरू केही लेखेका छैनौँ। केवल अब जनताको राज भन्ने शब्दहरू लेखेका छौँ। तर जनताको राज लेखेको पोस्टरहरू पनि च्यात्ने कामहरू निरन्तर रूपमा भइरहेको छ भन्ने अध्यक्ष अजय एडवार्डसले बताए। विगत ३५ सालदेखि पहाडमा डर, भय, सन्त्रास, नेता र ठेकादारको गठबन्धनले पहाडबासी भयभीत भइसकेको हुनाले हामी पहाडमा अब जनताको राज भनेका हौँ। तर जनताको राज मन नपराउनेहरूले पोस्टरहरू च्यात्ने काम गरिरहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दोहोराए। तिनले अघि भने चुनाव आउँछ जान्छ तर हाम्रो जनताको सेवा २७ जुनदेखि नै पुनः शुरू हुनेछ भन्ने अध्यक्ष एडवार्डसले बताए। हाम्रो पार्टी भनेको जनताको सेवा गर्न जन्मेको पार्टी हो। कुनै हुरी बतास अनि आन्दोलनमा जन्मेको पार्टी होइन अध्यक्ष एडवार्डसले भने। तिनले अघि भने यस पटक पहाडबासी एंव जनता जर्नादाहरूले हाम्रो पार्टीलाई माया र आर्शिबाद गरेर लाल कोठीमा पठाए ३५ सालको भय,डर,सन्त्रास अनि नेता र ठेकादारको गठबन्धनलाई हामी सधैभरीको लागि समाप्त गरेर देखाई दिनेछौ। पहाडमा अहिले कसैको सत्ता छैन, पहाडमा जनताको राज ल्याउने यो भन्दा राम्रो अवसर फेरि फेरि आउने छैन भन्दै अब पनि चुक्यौ भने पहाड अझ पाँच बर्ष पछि जानेछ भन्ने अध्यक्ष एडवार्डसले भने। पत्रकारहरूसँगको प्रश्नको जवाफमा पहाडमा परिवर्तनको लहर छाएको छ अनि पहाडबासीले जनताको राज ल्याउने सोच पनि बनाइसकेको छ भन्ने अध्यक्ष एडवार्डसले स्पष्ट शब्दमा बताए।