बन्दको राजनीतिको कारण यहाँको शैक्षिक संस्थाहरू सुक्नु थालेको हो: अनित थापा

IMG-20230322-WA0194.jpg

सोनादा: सोनादाको सलेशियन कलेज अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सहकार्यमा सम्पन्न हुने सलेशियन मोडल युनाइटेड नेशन (SMUN) २०२३ आजदेखि शुभारम्भ भओको छ। यो कार्यक्रम आगामी २५ मार्चसम्म हुने भएको छ।आजको कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा उपस्थित रहेका थिए। आजको कार्यक्रममा जीटीएक डेपुटी चेयरम्यान राजेश चौहानको पनि विशेष उपस्थिति रहेको थियो। कलेजका प्रिन्सिपल फादर जर्ज, रेक्टर फादर डा टोनी अगस्टिनले स्वागत जनाएका थिए। कलेजका विद्यार्थीहरूले अतिथिहरुलाई सांगीतिक कार्यक्रमले स्वागत गरेका थिए। मोडल युनाइटेड नेशन कार्यक्रम पहाडमा पहिलोपल्ट सम्पन्न भई रहेको छ।
आरजे समीर छेत्रीले सञ्चालन गरेको आजको कार्यक्रममा मुख्य अतिथिको आसनबाट बोल्दै जीटीए चिफ् अनित थापाले भने, “एक व्यक्तिले अर्को व्यक्तिलाई कसरी हेर्छ त्यो हेर्ने मानिसको धारणामाथि भर पर्छ। हिजोसम्म अनित थापालाई हेर्ने धारणा अनि आजको धारणामा फरक आएको छ। पहाडमा व्यवहारिक राजनीति चाहिन्छ अनि म त्यस्तै राजनीति पहाडमा स्थापना गर्छु भनेर राजनीतिमा निस्केको व्यक्ति हुँ।” उनले भने, “हाम्रो पहाडलाई बन्दको राजनीतिले खतम पार्यो। हाम्रो यही पहाडको स्कूल अनि कलेज हो जहाँ विदेशका राजा रानीसम्म अध्यापन गर्नु आउँथे। तर बन्दको राजनीतिको कारण यहाँको शैक्षिक संस्थाहरू सुक्नु थालेको छ। शिक्षाको केन्द्र पलायन भएर सिलगढी पुगेको छ। हाम्रो कारण नै शैक्षिक पलायन आएको हो। म पहाडलाई शान्त राख्नु खोजिरहेको छु। यो शान्त वातावरणको फाइदा उठाउनु पर्छ। विद्यार्थीहरूले नम्बर अथवा मार्क्सको पछि नलागेर आत्मविश्वास बढाउनुपट्टि लाग्नु होस्। यही आत्मविश्वासले जीवनलाई फाइदा दिन्छ। म आज त्यही आत्म विश्वासको कारण पहाडलाई नेतृत्व दिनु सकिरहेको छु।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *