अप्पर सिम्बुङ डाडाँ मैदानको जीर्णोद्वार

Screenshot_20230322_195656_WhatsApp.jpg

गाउँलेहरूमा खुशीको लहर

दार्जीलिङ: अप्पर सिम्बुङ डाडाँ खेल मैदानको जीर्णोद्वार भएको छ। सुखिया मानेभन्ज्याङ समष्टि अन्तर्गत अप्पर सिम्बुङ डाडाँ खेल मैदानको अवस्था सोचनीय रहेकोले स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष जीर्णोद्वारको गुहार लगाएका थिए। गाउँलेहरूको गुहारलाई कदर गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जेसीपी पठाई दिएका छन्। अहिले अप्पर सिम्बुङ डाडाँ खेल मैदानको जीर्णोद्वारको कार्य तीव्र गतिमा चलिरहेको छ। अप्पर सिम्बुङ डाडाँ निवासी निर्मल राईले गाउँको पक्षबाट हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स एंव पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाप्रति आभार जनाएका छन्।

About Author

Advertisement