जलपाईगढ़ी: जंगली चितुवाको हमलामा एक व्यक्ति घाइते भएको छ। घटना बुधवार जिल्लाको नागराकाटा बामोडडांगा चिया कमानको १८ नम्बर लाइन संलग्न मोडल गाउँमा भएको हो। घाइते व्यक्तिको नाम फागू मुण्डा (३६) बताइएको छ।जानकारी अनुसार, आज बिहान फागू गाई चराउन गएको थियो। तब एउटा चितुवाले अचानक उनीमाथि हमला गयो। जसबाट उनी गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले उनलाई सुलकापारा ग्रामीण अस्पताल पुऱ्याए। अहिले उनको उपचार चलिरहेछ। जानकारी अनुसार, यसअघि पनि डायना र गोरुमारा जंगलहरूले घेरिएको बामोडडांगा चिया कमानमा चितुवाको हमलामा धेरै जना घाइते भएको घटनाहरू अघि आईसकेको छ।