दुई व्यक्ति ब्राउन शुगरको साथ पक्राउ

IMG-20230322-WA0319.jpg

सिलगढी: बुधवार संयुक्त अभियान चलाएर स्पेशल अपरेशन ग्रुप (एसओजी) र एनजेपी थाना पुलिसले धेरै मात्रामा ब्राउन शुगरको साथ दुई जनालाई पक्राउ गरेको छ।पुलिसले पक्राउ गरेको आरोपितको पहिचान शालुगड़ा निवासी विशाल मुखिया र मिकी पासवानको रूपमा गरिएको छ।एसओजी सूत्रहरू अनुसार, उसको टीमलाई एनजेपी थाना संलग्न ठाकुरनगर क्षेत्रमा दुई जना एउटा कारमा ब्राउन शुगर लिएर पुग्ने सूचना प्राप्त भएको थियो। यही सूचनामा एनजेपी थानाको मद्दतले ठाकुरनगर क्षेत्रमा अभियान चलाएर रोकियो जब कारको तलाशी लिइयो तब दुई वटा प्याकेटमा कूल ५९० ग्राम ब्राउन शुगर उद्धार भयो। एउटा प्याकेटमा ३०८ ग्राम ब्राउन सुगर र दोस्रो प्याकेटमा २८२ ग्राम रहेको बताइएको छ।

जफत गरिएको ब्राउन शुगरको अनुमानित बजार मूल्य लगभग ५० लाख रूपियाँ मापिएको छ। पक्रा परेको आरोपितहरू विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी अघिको कारबाही शुरू गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *