सोनादा: गोर्खा चेलीहरूद्वारा डीएलएफ गुरु ग्रामको सार्वजनिक भवनमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा दिल्ली एनसीआरमा रहने एक हजारभन्दा अधिक गोर्खा चेलीहरूले भाग लिएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा हाम्रो स्वाभिमान ट्रस्टको सेटलर ट्रस्टी प्रेम छेत्री उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा भाषा संग्रामी उत्तमकुमार छेत्री, हाम्रो स्वाभिमान ट्रस्टको अध्यक्ष नारायण श्रेष्ठ, समाजसेवी रवि कुमार उपस्थित रहेका थिए। कार्यक्रमको शुरुमा गोर्खा चेलीको अध्यक्षा सुष्मा तामाङले स्वागत सम्भाषण राखेका थिए। गोर्खा चेलीको सबै सदस्याहरूले ‘हामी हौं नेपाली’ गीतको साथमा स्वागत जनाएका थिए। कार्यक्रममा सांस्कृतिक नृत्य अनि गीतहरू पनि प्रस्तुत गरिएको थियो। दिल्ली एनसीआरमा रहने सबै संघ संस्थाहरूले उक्त कार्यक्रमलाई सहयोग र समर्थन गरेको जानकारी प्राप्त भएको छ।
दिल्लीमा गोर्खे चेलीको यस्तो कार्यक्रम भविष्यमा पनि हुने जानकारी प्राप्त भएको छ। कार्यक्रममा गोर्खे चेलीहरू क्रमैले अञ्जु बरदेवा, मनु थापा, स्मिता थापा, मनतिका राई, निमा शेर्पा, सिर्जना छेत्री, अनु खवास, सुजता थापा, सपना राई, डिकी गुरुङ, जमुना गुरुङ, बिनीता छेत्री, पूजा गुरुङ, सनिला राई, ईसा गुरुङ, दिप्ती शेर्पा, सुष्मा तामाङ, विनीता प्रधान, एचएम गुरुङ आदि उपस्थित थिए।