फूलबारी: फूलबारीमा एउटा यात्री बस दुर्घटनाग्रस्त भएको छ।बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार धेरैजना यात्रीहरु घाइते भएका छन्। आज सिलगढी जलपाईगढी राष्ट्रीय राजमार्गको फूलबाड़ी जियागञ्ज इलाकामा यो घटना घटेको हो। एउटा निजी यात्री बस सिलगढीबाट कूचबिहार तर्फ गइरहेको समय जियागञ्ज इलाकामा पुग्दा बस अनियन्त्रित भएर अघिल्तिर खडा रहेको एउटा कन्टेनरलाई जोडले धक्का दियो, जसमा बसमा सवार धेरैजना यात्री घाइते भएका छन्। अर्कोतिर, घटनाको खबर थाहा पाउन साथ फूलबारी हाईवे ट्राफिक गार्ड अनि एनजेपी पुलिस घटनास्थलमा पुगेको थियो। पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर फूलबारीको एउटा निजी अस्पतालमा पठाइ दिएको छ। पुलिसले दुर्घटनाग्रस्त बसलाई आफ्नो नियन्त्रणमा लिएर सम्पूर्ण घटनाको जाँच शुरू गरेको बताएको छ।