कालीझोड़ामा भाजपाको बुथ स्तरीय सभा सम्पन्न

IMG-20230322-WA0278.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको कालीझोड़ामा भारतीय जनता पार्टी बुथ कमिटीको साधारण सभा बुथ सभापति सैलु गुरुङको सभापतित्व सम्पन्न भएको छ। सभामा उपस्थित जिल्ला समिति सदस्य श्याम बस्नेत, लाठ सिटोङको मण्डल सदस्य आशिष प्रधान साथै कालीझोडा बुथ पदाधिकारीहरू अनि सम्पूर्ण सदस्यवर्ग उपस्थित रहेका थिए।
सभाको मूल विषय बुथ सशक्तिकरण, पार्टीलाई अझ दह्रिलो पार्नको निम्ति रणनीति तयार गरिएको साथै अन्य विषय माथि छलफल गरिओको जानकारी प्राप्त भएको छ। सभाको विषयमा जिल्ला समिति सदस्य श्याम बस्नेतले जानकारी गराए अनुसार संघठन अझ दह्रिलो बनाए लाने संकल्प सभामा गरिएको छ। यसको साथै सभामा आशिष प्रधानले पनि सङ्गठनको कुरा राख्दै यस्तो सभा समय समयमा बसिरहनु जरूरी रहेको बताए। यसरी नै अन्य सदस्यहरु घनाश्याम छेत्री, समीर बस्नेत, सरद तामाङले पनि आ-आफ्नू मन्तव्य राखेका थिए। सभा सभापति सैलु गुरुङले अाफ्नो सम्भाषण राखेका थिए भनी भारतीय जनता पार्टी सिटोङ लाठपञ्जार मण्डलको इन्चार्च सञ्जय थापाले जानकारी गराएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement