अन्तराष्ट्रीय महिला दिवसको तेस्रो दिन विभिन्न कार्यक्रम आयोजित

IMG-20230321-WA0268.jpg

गान्तोक: सोरेङ जिल्लाको खेलकूद एवम युवा मामिला विभागको पहलमा जौबारी स्टेडियममा खेलो इन्डिया अन्तर्गत अन्तर्राष्ट्रिय महिला दिवस समारोहको तेस्रो दिन “खेलकुद मार्फत महिला सशक्तिकरण” को विषयमा कार्यक्रम आयोजना गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा पर्वतरोही मनिता प्रधान मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिइन्। आजको यस कार्यक्रममा विशेष गरेर स्टेट स्पोर्टस एकादमीले महिलाहरूलाई लिएर योगा प्रदर्शनी आयोजना गरिनुको साथै महिलावर्गको निम्ति फुटबल प्रतियोगिता पनि सामेल गरिएको थियो।

फुटबल प्रतियोगिताको फाइनल खेल आगामी २५ मार्चको दिन स्टेट स्पोर्टस एकादमी र आइसीडीएसबीच हुने भएको छ। आजको यस कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *