राजधानीमा विश्व कविता दिवस पालन

IMG-20230321-WA0269.jpg

गान्तोक: विश्व कविता दिवसको अवसरमा आज चिया कविता समूहको पहलमा राजधानीस्थित एक पुस्तकालयमा कविता देउराली कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रममा सिक्किम लगायत कालेबुङ अनि छिमेकी देश नेपालका कविहरूले पनि अंशग्रहण गरेका थिए। सिक्किमका कविहरु क्रमैले दीपा राई, एनबी घिमिरे, सुधा एम राई, अमर बानिया लोहोरो, जीविका अश्रु, देवकुमार दुमी, रुपा तामाङ लगायत अन्यले आ -आफ्नो कविता वाचन गरे। यसरी नै नेपालबाट आएका कविहरु दीपा राई पुन, प्रगती राई अनि कविता गाउँलेले कविता साथै कविता लेखन माथि आफ्नो विचार व्यक्त गरे। कालेबुङका कवि छेवाङ योञ्जनले कार्यक्रममा आफ्नो कविता प्रस्तुत गरे भने कवि सुधीर क्षेत्रीले कार्यक्रमको पर्यवेक्षण गरेका थिए। आजको कार्यक्रमलाई कवि प्रवीण खालिङले सञ्चालन गरेका थिए भने मंगलजीत राईको बाहुलीबाट कार्यक्रममा भाग लिने कविहरुलाई स्मृति पत्र प्रदान गरियो।

About Author

Advertisement