गान्तोक: आजदेखि १५ दिवसीय परम्परागत खदा बनाउने तालिम कौशल विकास टोकल बर्मेकका बेरोजगार युवाहरूलाई स्वनिर्भर बनाउने उद्देश्य लिएर शुरू भयो। हिमालयन एजुकेशनल सोसाइटी र सिड्डीको गान्तोकको पहलमा शुरू भएको १५ दिवसीय खदा बनाउने तालिमको उद्घाटनमा प्रेम सुब्बा प्रमुख अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस प्रशिक्षण कार्यक्रममा लगभग २७ जना युवाहरूले सहभागिता जनाएका छन्। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य स्थानीय बेरोजगार युवाहरुलाई तालिम प्रदान गरेर स्वनिर्भर बनाउनु रहेको छ।