रूपियाँ पैसा कमाउने लक्ष्य लिएर हाम्रो पार्टीमा नआउँदा हुन्छ भन्ने हामीले अघिबाटै बताई सकेका छौं: छेत्री

IMG-20230321-WA0248.jpg

दार्जीलिङ: रूपियाँ पैसा कमाउने लक्ष्य लिएर हाम्रो पार्टीमा नआउँदा हुन्छ भन्ने कुरा हामीले अघिबाटै स्पष्ट गरी भनि सकेका छौं। उक्त कुरा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्रीले बताएका छन्। आज हाम्रो पार्टीको एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकपछि हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्रीले भने, ‘सुधा लामा दिदी हामीसँग थियो। दार्जीलिङ नगरपालिकाको चुनाव अवधि हामी सबैले दार्जीलिङलाई राम्रो बनाउँछु भन्ने वाचा गरेका थियौं।दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १० बाट सुधा लामा दिदीले हाम्रो पार्टीको ब्यानरमा नगरपार्षदिका निर्वाचित भएकी हुन्। दिदीले आज हाम्रो पार्टी छोडेर भागोप्रमोमा सामेल हुन पुगेको छ। शायद दिदीले दार्जीलिङलाई राम्रै गर्छु भनेर गएको हुनसक्छ। यसमा हाम्रो भन्नु केही छैन। विगतका दिनहरूमा सुधा लामा दिदीले हामीसँग मन दु:खाएर भागोप्रमोमा सामेल हुन पुगेको हो भने सरी दिदी।’
उनले अघि भने, ‘हाम्रो पार्टीको ब्यानरमा निर्वाचित भएर धेरै नगरपार्षद र सभासदहरू भागोप्रमोमा सामेल हुन पुगेको छ। तर उनीहरूले हाम्रो पार्टी छोडेर अन्य राजनैतिक पार्टीमा सामेल हुँदैमा हाम्रो पार्टीको भिजन विलिन हुने होइन। हाम्रो पार्टीको सोच र भिजन अझ झरिलो भएर आउनेछ। हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्रीले अझ भने,’ म एकजना निर्वाचित सभासद हो। आफु स्वयम् एकजना निर्वाचित सभासद हुँदा हुँदै पनि आफ्नो समष्टिमा कुनै विकास कार्य गर्न सकेको छुँइन। म मेरो ईमान बेच्ने ब्यक्ति होइन। मलाई कसैले करोडौ रूपियाँ नै दिन्छ भने पनि म कदापि बिक्री हुने छुइन्। हाम्रो पार्टी गठन भएको केवल १५ महिना मात्र हुँदैछ अनि हामीले चाडै सांगठनिक विस्तारको कार्यलाई तीव्र रूप दिनेछौं।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *