छोटा रंगीत बचाऊ अभियान समितिको जीटीए प्रमुख अनि दार्जीलिङ जिल्लापालसित बैठक

IMG-20230321-WA0247.jpg

दार्जिलिङ: दार्जिलिङ जिल्ला अन्तर्गत बिजनबारी “टछोटा रंगीत बचाऊ अभियान समितिको एउटा टोलीले जीटीए प्रमुख कार्यपाल अनित थापा अनि दार्जिलिङ जिल्लापाल एस पुन्नबल्लामसित भेट गरेका छन्। उक्त भेटमा छोटा रंगीत बचाऊ अभियान समिति र जीटीए प्रमुख कार्यपाल अनित थापा अनि दार्जिलिङ जिल्लाको जिल्लापाल एस पुनमबालमसित महत्वपूर्ण बैठक सम्पन्न भएको छ। छोटा रंगीतको पानी अन्यत्र कतै लगेर हाइडल पावर सुरु गर्नदेखि रोक्ने अभियान नै छोटा रंगीत बचाऊ अभियान समितिको मूल मुद्दा रहेको छ। पानी अन्यत्र लैजाँदा क्षेत्रको कृषिलाई नै ठूलो क्षति हुनेछ। भेटघाट अनि बैठकपछि अभियानका अध्यक्ष मन प्रसाद सुब्बाले जानकारी दिँदै भने, “छोटा रंगीतमा परिचालन गरिएको हाईडल पावर सम्बन्धित समस्याहरूलाई लिएर छोटा रंगीत बचाऊ अभियान समितिको सदस्यहरूले जीटीए प्रमुख कार्यपाल अनित थापाको कार्यालयमा दार्जीलिङका जिल्लापालसित भेट गरेका छौं। क्षेत्रमा हाइडल पावर निर्माणले जुन समस्या सृजना गरिएको छ त्यो कुरालाई हामीले आज पुनः दोहोराएर भेटघाट समय राखेका छौं।” उनले थप भने, “आजको भेटघाटमा हामीले विशेष किसिमको आश्वासन पाएका छौं। जुन आश्वासनले हाम्रो अभियानलाई मद्दत मिलेको छ। आजको बैठकमा क्षेत्रको जनआवाजलाई सुनिएको भान भयो।”

समितिका सचिव पुनम दर्नालले अनित थापाप्रति कृतज्ञता प्रकट गर्दै भने, “आगामी दिनमा जुन परिकल्पनाहरुको निम्ति कदमहरु चाल्नेछ त्यो सबै क्षेत्रको मानिसहरूलाई घेराभित्र राखेर प्रोजेक्ट गर्ने वचन दिनु भएको छ। हामी उहाँहरूको वचनको स्वागत गर्दछौं।”

About Author

Advertisement