कालचिनीः चियाकमानमा कार्यरत श्रमिकहरूमाथि चितुवाको आक्रमण भईरहने घटनाक्रमबीच सोमबार फेरि कालचिनी खण्डको अठियाबारी चियाबारीको ३१ नम्बर सेक्सनमा एकजना महिला श्रमिक चितुवाको आक्रमणमा भाग्यले बाँचेको घटना प्रकासमा आएको छ। पत्ती टिप्दै मेलामा काम गरिरहेकी महिला श्रमिक रेहाना खातुनमाथि अचानक कमानको नालाबाट निस्किएको एउटा चितुवाले फाल हान्दा महिला श्रमिक रेहाना खातुनको हातमा चितुवाको पञ्जाले खोस्रिएको थियो।
तत्कालै उक्त महिला श्रमिकलाई कमानको एम्बुलेन्समा चढ़ाएर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएर प्राथमिक उपचार गरेपछि घर पठाईएको थियो। आक्रमणमा महिला श्रमिक गम्भीर घाईते नभएता पनि तिनलाई कामबाट आराम गर्न छुट्टी दिएको कमान प्रबन्धनपक्षले जनाएका छन्।