हावाजहाजमा चडेर आएर गाउँमा भाषण गरेर फर्किने समाजसेवी होइन पर्यटक हो: अरूण सिगची

IMG-20230320-WA0033.jpg

मिरिक: मिरिकको सौरेनीमा रूख काट्दाखेरी मैले थानामा उजुरी गरेर व्यवस्थापक र प्रशासन अघि विरोध जनाए भनी अरूण सिगची, जीटीएको स्वास्थ अनि परिवार कल्याण विभाग, अल्पसंख्यक विभागको कार्यकारी सभासद अरूण सिंग्चीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन् – ‘बन्दना राई बहिनी आएर एफआईआर त परको कुरा जनताको सामु आएर उनीहरूको पक्षमा उभिनसम्म भएन। भाषण गर्न त उहाँ हवाजहाजमा क्षण-क्षणमै उड्दै आउनुहुन्छ। तर त्यतिबेला आएर सौरेनीवासीसित उभिएकोसम्म देखिनँ। त्यतिबेला कता हुनुन्थ्यो? सभासद भन्दैमा सर्वमान्य हुँदैन आ-आफ्ना राजनैतिक र प्रशासनिक क्षमता हुन्छन्।मैले मबाट सक्ने सक्दो प्रयास गरेँ र गरिरहेछु। वन र जमीन संवेदनशील विषय हो।यसबारे त्यसै भावनामा बोलेर मागेर हुँदैन। वैधानिक रूपमा यसका व्यवधानहरू हेर्नुपर्ने हुन्छ।अझै पनि आफ्नो पक्षबाट कसैको दवाबबिना र आफ्नो कुनै स्वार्थबिना मैले यस विषयलाई अघि बडाइनै रहेको छु।’
सभासद अरूण सिंग्चीले भने, ‘आरोप लाउन र भाषण दिन सजिलो छ। आफुलाई त मजा आउँछ नै सुन्नेलाई पनि मजा आउँछ तर जमीनमा जनता अघि काम गर्नु धरती आकासको फरक छ। मैले कहिल्यै पनि विगतको चुनावमा कुनै गाउँलाई स्थान्तरण गराउइदिन्छु भनेर भोट मागेको छुइनँ। छ भने बन्दना बहिनीले प्रमाण दिन सक्नुहुन्छ। बाटोको पहिलो आवश्यकता देखेर बाटो निर्माणको निम्ति आफुले पहल गर्ने बाचा दिएको थिएँ र अहिले उक्त गाउँको बाटो पास भएर काम हुने सम्मुखमा छ। मैले ढाटेको छुइनँ। गाउँवासीलाई थाहा छ।बिचरी बन्दना बहिनीलाई थाहा नभएको हुनसक्छ कारण उहाँ गाउँदेखि धेरै टाढा दिल्लीमा बस्नुहुन्छ।’
जीटीएको कार्यकारी सभासद अरुण सिञ्जीले बन्दना राईले लगाएका आरोपको खण्डन गर्दै भनेका छन् -‘बीएडीपीमार्फत् खण्ड विकासबाट सौरेनी कोठीधुरा गाउँमा जसले स्थान्तरण हुने मांग गरिरहनुभएको छ। उहाँहरू मध्येकै एक जसले स्थान्तरणको मांग गरिरहेको हुनुहुन्छ। उहाँकै बारीमा जमीन दिएर सार्वजनिक भवन निर्माण हुँदैछ। स्थान्तरण हुने ठाउँमा सार्वजनिक भवन चाहिँ किन चाहियो? यसले त यहाँ मांग गरिरहेकोहरूमा पनि दुविधा पनि देखियो। यस प्रकारको दुविधाले प्रशासनले के बुझ्छ?’
उनले अघि भने, ‘महाकाल डाँडामा आएर हिमालपट्टि फर्केर गोर्खाल्याण्ड ल्याउँछु भन्ने नेताहरूलाई खै कहिले सोधेको खोजेको ? मैले त कहिले सुनेको छैन। हामी जनताको विकासको लागि चुपचाप आफ्नो धुनमा काम गरिरहेकाहरूलाई गाली गर्नुहुन्छ। त्यसले हामीलाई असर पर्दैन। जनताले को पर्यटक हो अनि को समाजसेवी हो र को कर्म कर्ता हो र को कराउने कर्ता मात्र हो चिनेका छन्। बुझेका छन्।’
सिंग्चीले अझ भने, ‘उहाँले आफ्नो भाषणमा म्यानेजमेन्टसित मिलिभगत गरेको छ भनेर दोष लगाउनु भएको छ। यसरी अधिवक्ता भएर कुनै प्रमाणबिना जोखना हेरे जस्तो गरेर बोल्न सुहाउँदैन। बन्दना बहिनीले मलाई गाली गर्दा जनताको विकास हुन्छ भन्ने लाग्छ होला गर्नुहोस्। कसै एकले मलाई गाली गर्दा केही फरक पर्दैन। मलाई माया गर्ने जनता छन्। सौरेनीको अवस्था सोचनीय छ भन्दै तपाईं सोच्नु मात्र हुन्छ होला। हामी त सोचीसकेर पनि काम गर्दैछौँ।गरिरहनेछौँ। सौरेनी सुन्दरता र समृद्धीतिर उन्मुख छ।
कृपया बेलाबेला भाषण र आरोप लाउने उद्देश्यले भएपनि सौरेनी आउँदै गर्नुहोला। सौरेनी प्रत्येक क्षण सुन्दर र समृद्धा बन्दै गएको पाउनुहुनेछ।’
सभासद अरूण सिंग्चीले प्रेस विज्ञप्तिमा अझ भनेका छन् -‘चिया सुरक्षा समिति ट्रेडमा परिणत भएछ। अब चाडैं राजनीतिक दलमा पनि आधिकारिक रूपमा परिणत हुन्छ होला। त्यसको लागि अगावै शुभकामना पनि छ। हामी त पहाडमा भएका सबै दल र आउने सबै दलहरूलाई पनि स्वागत गर्छौ गाली गर्ने संस्कार हाम्रोमा छैन।’

About Author

Advertisement