खरसाङ: खरसाङमा मार्शल आर्ट एण्ड फिटनेस एकेडेमीले आफ्नो छैठौं इन्टर डोजो कराते च्याम्पियनसशीप आयोजना गरेको छ। एमएएफएको खरसाङ, महानदी, सिंगेल, सीपाहीधुरा र सोनादा शाखाका कुल ९० विद्यार्थीहरू च्याम्पियनशीपमा भाग लिएका थिए। यो खेला सिलगढीमा अागामी ८ र ९ अप्रेल २०२३ मा हुने आधिकारिक जिल्ला च्याम्पियनशीपको लागि छनौट ट्रायल पनि रहेको थियो। माफाले २०१५ देखि कराँतेलाई खेलकूदको रूपमा प्रवर्द्धन गर्दै आएको छ र धेरै राज्य र राष्ट्रिय च्याम्पियनहरू उत्पादन गरिसकेको छ। माफाको संस्थापक/अध्यक्ष सेन्सी सन्दीप प्रधानले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनशीप जित्नका लागि तयारी गरिरहेको बताए। उनले मार्सल आर्टको कक्षा सञ्चालन गर्नुको मुख्य उद्देश्य बाल-बालिकाहरूलाई शारीरिक र मानसिक गतिविधिमा व्यस्त राख्न, बाल-बालिकाहरूलाई नराम्रो बानीमा पर्न नदिन र हरेक बाल-बालिकालाई जीवन शैली सिकाउने रहेको बताए। यस च्याम्पियनशीपमा अतिथिको रूपमा पश्चिम बंगाल नेवार विकास बोर्डका अध्यक्ष सुनिल प्रधान, कुर्सियोङ ब्याडमिन्टन संघका अध्यक्ष प्रेमेन्द्र गुरुङ, गोर्खाल्याण्ड बडी बिल्डिङ संघका अध्यक्ष तथा उपाध्यक्ष सञ्जय क्षेत्री र देवराज भण्डारी, सेन्सी नारायण थापा, सेन्सी सन्दीप प्रधानको गुरु, सेन्सी नरेन नौबाग, मुख्य प्रशिक्षक,खरसाङ ड्रागन मार्सल आर्ट एसोसिएसन, नेपाल कराते महासंघका राष्ट्रिय प्रशिक्षक राजु महर्जन र महानदीका सामाजिक कार्यकर्ता सूर्यनारायण प्रधानको उपस्थिति रहेको थियोे। सम्पूर्ण च्याम्पियनशीप दार्जिलिङ जिल्लाका प्रभारी मुख्य प्रशिक्षक शिहान अनिल राईको पर्यवेक्षणमा आयोजना गरिएको थियो जो कराँते एसोसिएशन अफ् बंगालका सह-सचिव पनि हुन्। यो पश्चिम बङ्गालको एक मात्र प्रशासकीय निकाय हो जुन कराँतेको राष्ट्रिय निकाय कराते इन्डिया अर्गनाइजेसन् (KIO) बाट मान्यता प्राप्त र स्वीकृत छ।
च्याम्पियनशीपको निर्णायक दार्जिलिङ जिल्लाका आधिकारिक तालिमप्राप्त रेफ्रीहरू दर्शन प्रधान, जोन प्रधान, राहुल विश्वकर्मा, अभिषेक साह र निकिता प्रधानले गरेका थिए। सेम्पाई सङ्केत शर्मा, अमन सुब्बा, प्रधुम क्षेत्री र सेन्सी अभिनन्दन राउतले पनि अफिसियलका रुपमा सहयोग गरेका थिए। एकेडेमीले पूर्व विद्यार्थी मिस सुवेक्षा क्षेत्री र मिस एन्जेलिना विश्वकर्मालाई सम्मान गरेको छ जो हाल पश्चिम बङ्गाल प्रहरीमा सेवा गरिरहेकी छन्। जीटीएका प्रमुख कार्यपाल अनित थापा र २८ नम्बर समष्टी खरसाङ चिमनी देवरालीको सभासद श्याम शेर्पाले केही आर्थिक सहयोग गरेका थिए। श्याम शेर्पाले च्याम्पियनशिप अवार्ड र बेस्ट फाइटर अवार्डलाई प्रायोजन गरेका थिए। ‘उत्कृष्ट टिम काता’ अवार्ड र च्याम्पियनसिप एमएएफएको सिपाहीधुरा शाखालाई प्रदान गरिएको थियो। जसले ट्रफी र नगद रु ३०००/- प्राप्त गरे। जुनियर पुरुष तथा महिला विधामा उत्कृष्ट लडाकुको अवार्ड सिंगल तथा महानदी शाखाका दुप्चेन तामाङ र प्रिशा प्रधान तथा वरिष्ठ पुरुष तथा महिला विधामा उत्कृष्ट लडाकुमा महानदी शाखाका रोजी प्रधान र सेवान क्षेत्री रहेका छन्। उनीहरु सबैलाई प्रोत्साहन स्वरुप रु ५००/- पुरस्कार प्रदान गरिएको थियो।