नगरपालिका क्षेत्रको फोहोर मैलाहरू २-३ दिनभित्रमा सठीक व्यवस्थापन गरिने आश्वासन

IMG-20230320-WA0262.jpg

खरसाङ: खरसाङ बजार क्षेत्रमा फोहोर मैलाहरू सही रूपमा व्यवस्थापन गरिनु आवश्यक देखिएको छ। अहिले बजारमा मैलाहरू बढ्दै गईरहेको छ। विशेष गरी खरसाड नगरपालिका अन्तर्गत कतिपय कुडादानीमा मैला थुप्रिएको कारण नगरपालिका क्षेत्रका जनसाधारणमा धेरै असुविधा रहेको छन्। खरसाड नगरपालिकाको छ-सातवटा डम्पिड ग्राउण्डहरूमा आगो लागेकोले मैला फाल्नुमा धेरै कठिनाई उत्पन्न रहेकोले मैला कुडादानीमा थुप्रन लागेको हो। नगरपालिका प्रशासनले जानकारी गराएका छन्। त्यसको साथै कतिपय जनमानसले कुडादानीमा मैला नहालिदिन्दा पनि बाटोको किनारमा मैला थुप्रेको देखिने गरेको पनि बताइएको छ। यसैलाई मध्यनजर राखेर खरसाङ नगरपालिकाको अध्यक्ष ब्रिगेन गुरूङ एवं उपाध्यक्ष सुवास प्रधानको तत्परतामा कुडादानी एवं डम्पिड ग्राउण्डको निरीक्षण गरी २-३ दिनभित्रमा खरसाङ शहरका कुडादानीहरूभित्र एवं बाहिर थुप्रिएका मैलाहरू फाल्ने व्यवस्था मिलाइने जानकारी प्राप्त भएको छ। खरसाङ बजारको फोहोर मैलाहरू सफा गर्न र सही व्यवस्थापन गर्नलाई नगरपालिका प्रशासन र नगरपालिका कर्मचारीहरू सदैव तत्पर रहेको उपाध्यक्ष सुवास प्रधानले बताएका छन्। उनले बताए अनुसार खरसाङ नगरपालिकाको मैला फ्याँक्ने छ-सातवटा कुड़ादानीहरूमा आगो लागेको कारणले जनसाधारणलाई मैला फ्याँक्न असुविधा भईरहेको तथा मैलाहरू कुड़ादानीमा नफ्याँकेर बाहिर फ्याँकेकोले पनि अहिले मैलाहरू थुप्रो लागेको बताएका छन्। उनले सबै मैलाहरू २-३ दिनभित्रमा नै सही रूपमा व्यवस्थापन गर्ने प्रयास भईरहेको बताएका छन्। उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र एसई गोबिन अधिकारीले मैला व्यवस्थापनको लागि निरन्तर प्रयास गरिरहेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *