चिया श्रमिकहरूलाई यहि समय नै उनिहरूले पाउनुपर्ने सम्पूर्ण अधिकार सुरक्षित गरिएको हुनुपर्छ – लाडुप घिसिङ

240227c2-791b-43fb-bd81-8288dd3082d2

दार्जीलिङः पहिलो पत्तिको टिपाइ शुरू भयो तर यसपटक चिया श्रमिकहरूलाई यहि समय नै उनिहरूले पाउनुपर्ने सम्पूर्ण अधिकार सुरक्षित गरिएको हुनुपर्छ” भनि घिसिङले आफ्नो पार्टीको अडान स्पष्ट पारे। हिज पार्टी अध्यक्ष अजय एडवार्डसितको साक्षात्कार विषयमा केही खुलासा नगरे तापनि घिसिङले चियाबारीमा जीवन दिएर न्याय नपाएका आफ्नो सन्तानहरूको निम्ति ठूलै कदम चाल्ने सङ्केत दिए। “प्रबन्धक पक्ष र मलिकहरूसित मात्र हाम्रो संघर्ष सिमित रहने छैन” भन्दै प्रवक्ता घिसिङले सरकारको कोल्टे नीतिको पनि बिरोध गरे।

बगानवासी र श्रमिकहरूले न्याय नपाएसम्म हाम्रो पार्टीले यस दिशामा निरन्तर काम गर्ने भनि उनले बताए। घर, राशन, टोक्री, नाम्लो, दाउरा, सिक्कल-छुरी, त्रिपाल, छाता, जुत्ता, बिरामी एवं परिवारहरूको सुरक्षा जस्ता सुविधाहरूमा वर्षैपिच्छे घटिरहेको-हराइरहेको अवस्थामा सधैं राजनैतिक चश्माले हेर्न मिल्दैन। व्यर्थको सङ्किर्ण मानसिकताहरू पन्साएर टिका-टिप्पणीलाई त्यागी एक भई जनहितको निम्ति अघि आएर अहिले नै पूजा बनोस् र न्यूनतम हाजिराको निम्ति काम गर्ने आव्हान गर्दै घिसिङले आफ्नो चियाबारीका सन्तानहरूको अधिकारको निम्ति जो-जति पनि लडिरहेका छन् , सबैमा आभार पनि प्रकट गरे।

About Author

Advertisement