सिक्किम प्रिमियर लिगः चारैवटा क्लब सेमीफाइनलमा प्रवेश

IMG-20230319-WA0287.jpg

गान्तोक: राज्यमा फूटबललाई व्यवसायिक रुप दिनको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा फूटबल डेभलपमेन्ट प्राइभेट लिमीटेडद्वारा गत ३० जनवरीदेखि आरम्भ भएको सिक्किम प्रीमियर लीगको लीग चरणको खेला आज समाप्त भयो। लीग चरणबाट चारवटा क्लब सेमी फाइनलमा प्रवेश गरेको छन। लीग चरणको आज अन्तिम दिन राजधानीको पाल्जोर स्टेडियममा थण्डरबोल्ट नर्थ युनाइटेड अनि सिङलिङ स्पोर्टीङ क्लबमाझ भीडन्त भयो जसमा दुवै क्लबले १-१ गोल गर्न सफल बने भने नाम्चीको भाइचुङ स्टेडियममा सिनाल्चु एफसी अनि रोरीङ लेपर्डमाझ खेल सम्पन्न भयो जसमा रोरिङ लियोपार्डने २ गोलको विरूद्ध तीन गोल गर्न सफल बन्यो। रोरिङ लियोपार्ड, सिङलिङ एफसी, सिक्किम ड्रेगन्स अनि आक्रमण एफसी सेमीफाइनलमा प्रवेश गरेको छ। सिक्किम प्रीमियर लीगको सेमीफाइनल खेल आगामी १५ अनि २६ मार्चको दिन रोरिङ लियोपार्ड वनाम सिङ्लिङ एफसी अनि सिक्किम ड्रेगन्स वनाम आक्रमण एससीमाझ सम्पन्न हुनेछ। सेमीफाइनलमा पराजित क्लबहरू तेस्रो स्थनको निम्ति भीड़्नेछन् भने सिक्किम प्रीमियर लीगको फाइनल खेला भव्यताको साथमा आगामी २ अप्रेलमा सम्पन्न हुने फूटबल डेभलपमेन्ट प्राइभेट लिमीटेडले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *