बैशाखी पर्व पालनलाई लिएर पहिलो तयारी सभा सम्पन्न

IMG-20230319-WA0290.jpg

गान्तोक: दक्षिण जिल्लाको नाम्चीमा आगामी दिनमा पालन गरिने राज्यस्तरीय बैशाखी पर्व तयारीलाई लिएर पहिलो तयारी सभा सम्पन्न भयो।उक्त कार्यक्रमको अध्यक्षता कौशल विकास विभागका सल्लहाकार सतिश चन्द्र राईले गरेका थिए भने कार्यक्रममा भवन तथा आवास विभागका अध्यक्ष टाशी दोर्जी तामाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै अध्यक्ष सतिश चन्द्र राईले बैशाखी पर्व पालन गरिनुको मुख्य उद्देश्य र महत्वमाथि प्रकाश पारे। उनले विशेष गरेर बैशाखी पर्व विक्रम संवत अनुसार नयाँ वर्षको शुरूवात भएको हुनाले यसलाई पालन गरिनु पर्ने बताए। यस पर्व मनाउनको निम्ति हालै गठन भएको नाम्ची संस्कृतिक मञ्चले दुई दिवसीय राज्यस्तरयी पर्व पालन गरिने बताए। आगामी १४-१५ अप्रेलको दिन नाम्चीस्थित भाइचुङ भोटिया स्टेडियममा बैशाखी पर्व २०८० को व्यानरमा पालन गरिने जानकारी गराए। उनले बताए अनुसार सिक्किमका विभिन्न समुदायको समृद्ध परम्परागत र सांस्कृतिक भावनालाई दर्शाउँदै यो उत्सव भव्य रूपमा आयोजना गरिनेछ जसमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूमा उपस्थित हुने स्वीकृति दिएका छन्। यसै क्रममा एनएमसीका अध्यक्ष गणेस राईले राज्यस्तरीय प्रथम उत्सवले हाम्रो संस्कृतिको छुट्टै पहिचान झल्काउने र यसका विभिन्न कुराहरूको उजागर गर्ने बताए। यस उत्सवलाई सफल तुल्याउन उनले सबैलाई आफ्नो भूमिका निर्वाह गरिदिने आग्रह गरे।

About Author

Advertisement