गान्तोकः गुजरातमा आयोजन भइरहेको हस्तशिल्प हाटमा सिक्किमबाट कटेङ फामफोक वन धन विकास केन्द्रकी दल नेतृ सरिता थापा र पदमचे वन धन विकास केन्द्रकी दल नेतृ सावित्री शर्माले भाग लिइरहेका छन्। भारत सरकारको जनजाति मन्त्रालयको ध्वजवाहक कार्यक्रम प्रधानमन्त्री वन धन योजना अन्तर्गत सिक्किमको दुई सदस्यीय टोली गुजरातको २० दिवसय भ्रमणमा रहेको छ। यस अवधि गुजरातको विभिन्न जिल्लाहरूमा आयोजन हुने हस्तशिल्प हाटमा आफ्ना उत्पादहरू प्रदर्शित गर्नेछन्।
हस्तशिल्प हाटको शुरूवात वडोदराबाट गरियो। वडोदरा नगर निगमका मेयर निकेश राठोडले हाटको उद्घाटन गरेका थिए। हाटमा सहभागी बनेका सदस्यहरूको चयन सहकारी विभागले गरेको हो। सिक्किमका ६ जिल्लामा ८० वन धन विकास केन्द्र रहेको बताइएको छ।
About Author
Post Views: 161