राजगञ्जको करतोआ पुलमा पर्यो दुलो, मानिसहरू समस्यामा

CollageMaker_2023319222628936.jpg

राजगञ्ज: राजगञ्ज खण्ड अन्तर्गत गजलडोबा जाने सड़कमा रहेको करतोआ पुलमा दुलो परेपछि पुल बन्द गरिएको छ। लगभग तीन महिना बितिसक्दा पनि प्रशासनको तर्फबाट पुलको मरमतिको लागि कुनै पहल नगरेको आरोप रहेको छ। यसले गर्दा साधारण मानिसहरू लगायत पर्यटकहरूलाई निक्कै असुविधा भइरहेको छ। पुल बन्द गरेकोले मानिसहरू धेरै किलोमिटर पैदल हिँडेर आमबारी हुँदै जान बाध्य छन्। केही मानिसहरूले आफ्नो ज्यान जोखिममा पारेर पुल भएर पनि यातायात गरिरहेका छन्। यसले गर्दा दुर्घटनाको खतरा बढेको छ। यसभन्दा अघि पनि पुलको मरमति गरिदिने मागमा सड़क जाम गरे तापनि हालसम्म यसको मरमति कार्य शुरू भएको छैन। चाँडै उक्त पुलको मरमति गरिदिने स्थानीय मानिसहरूले प्रशासनसित माग गरेका छन्। राजगञ्जका विधायक खगेश्वर रायले फोन मार्फत् जानकारी गराए अनुसार यस पुलको मरमतिबारे विभिन्न विभागहरूलाई अवगत गराइसकेका छन्। पुलको काम चाँडै शुरू गर्ने प्रयास गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *