पाँचवटा गाई-गोरु तस्करी गर्न अगावै उद्धार,एकजना पक्राउ

Capture4-5.png

सिलगढी: तस्करी गर्न अगावै पाँचवटा गाई-गोरु सहित वाहन चालकलाई पक्राउ गरेको छ।यसपछि आज ति आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति नक्सलबारीको दयाराम जोत निवासी राजेश घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार राजेश घोषले एउटा पिकअप भ्यानमा गाई-गोरु बोकेर तस्करी गर्ने उद्देश्यले लगिरहेको समय पुलिसले अभियान चलाएर ५ वटा गाई-गोरु सहित तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बाघडुग्राको बिहार मोड इलाकामा एउटा नम्बरविहीन पिकअप भ्यानमा गाई-गोरु तस्करी गर्ने उद्देश्यले लगिरहेको खबर पाएपछि पुलिस घटनास्थलमा पुगेर पिकअप भ्यान रोकेर छानबीन गर्दा ५ वटा गाई-गोरू उद्धार गरेको हो उद्धार गरेको गाई-गोरूको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले गाई-गोरु सहित चालकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement