नयाँकमानको सडक चाडो निर्माण गरिनु पर्ने स्थानीयवासीहरूको माग

IMG-20230319-WA0219.jpg

मिरिक: मिरिक बस्तीदेखि मरमा चियाबारीको नयाँकमानलाई जोड्ने सडक विगत दुई वर्ष अघि नै शिलान्यास गरिएको भए तापनि हालसम्म सडक निर्माण कार्य पूर्ण नभएको स्थानीयहरूको गुनासो रहेको छ। लगभग २ करोड ७३ लाख रूपियाँको लागतमा निर्माण हुने भनिएको सडक निर्माण कार्य शुरू भए पनि हालसम्म अधुरो रहेको उनीहरूको भनाई रहेको छ। यसै सन्दर्भमा आईतबार उनीहरूले सडक चाडो निर्माण गरिनु पर्ने माग गरेका छन्। स्थानीय निमु शेर्पाले सोही सडकबाट गाउँवासी बजारपाट, अस्पताल, विद्यार्थीहरू विद्यालय जाने आउने गरेको तर सडकको अवस्था जीर्ण रहेकोले सम्पूर्ण गाउँवासीलाई समस्या भइरहेको बताइन्। यसरी नै सडक निर्माण गर्ने क्रममा एउटा गोलाईमा ठूलो पैह्रो गएपछि अझ धेरै समस्या भएको बताउदै यस वर्षको बर्खायाममा ठूलो दुर्घटना घट्न सक्ने शंका रहेको बताइन्। अर्कोतिर स्थानीयवासी प्रणाम तामाङले पनि सडकको अवस्था बेहाल भएको कारण नयाँकमानवासीलाई धेरै समस्या भइरहेको बताउदै क्षेत्रीय सभासद मिलेश राईलाई धेरै पकट यसबारे अवगत गराए तापनि हालसम्म आश्वासन मात्र पाइरहेको बताए।

जीर्ण सडकको कारण नयाँकमानवासीलाई कति समस्या भइरहेको छ भन्ने कुरो सभासद मिलेश राईलाई पनि सबै कुरा थाहा हुँदा हुँदै पनि एफसीओ नलागेको कारण सडक निर्माण नभएको बताउछन्। यसरी नै उनले सडक निर्माण नभए प्राकृतिक आपदाको चपेटमा ग्रामवासी पर्ने पनि उनले बताएका छन्। यति मात्र नभएर विद्यार्थीहरूलाई विद्यालय जानका लागि अझै पनि मिरिक बस्तीसम्म पैदल जानु पर्ने वाध्यता रहेको बताए। साथै विरामीहरूलाई अस्पताल पुर्याउनका लागि अझै पनि वासको अस्थायी स्ट्रेचरमा बोक्नु पर्ने अवस्था रहेको बताए। उनले सम्पूर्ण ग्रामवासीको पक्षबाट यथा शिघ्र सडक निर्माण गरिनु पर्ने सभासद राई समक्ष माग राखेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *