टुङगे गाउँमा बाटोको खनन कार्य जारी

IMG-20230319-WA0212.jpg

स्थानीय बासिन्दाहरूले एडवाडर्सलाई जनाए आभार

दार्जीलिङ: टुङगे गाउँ रामजीमा बाटोको खनन कार्य निरन्तर रूपमा चल्दै आई रहेको छ।चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत टुङगे गाउँ रामजीमा गत धेरै दिन अधिदेखि बाटोको खनन कार्य चल्र्दै आई रहेको छ। चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत पर्ने यो टुङगे गाउँ रामजीमा आजसम्म बाटो पूग्न सकेको थिएन। गत केही महिना अधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले उक्त क्षेत्रको भ्रमण गरेको थियो। त्यस अवधि स्थानीय मानिसहरूले अध्यक्ष एडवाडर्स समक्ष बाटोको खनन कार्य गरी दिने निवेदन चढाएका थिए। गाउँलेहरूले चढाएको निवेदनलाई शीरोपर गर्दै पार्टी अध्यक्ष अजय एडवाडर्सले विगत केही दिन अधि नै जेसीबी पठाई दिएको छ अनि जेसीबीले बाटोको खनन कार्य तीव्र गतिमा चलाउँदै आई रहेको छ। यसै संदर्भमा टुङगे गाउँ रामजी निवासी राहुल मुखियाँले आफुहरूको गाउँमा बाटो नभएको कारणले गर्दा धेरै समस्याहरू झेल्न परेको गुनासो सुनाए तर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यस क्षेत्रमा बाटोको खनन कार्य गर्न थालेपछि धेरै सुविधाहरूको आभास आफुहरूले गर्दै आई रहेको बताए। मुखियाँले हाम्रो पार्टीको समष्टि अध्यक्ष सत्येन घले लगायत पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्सप्रति आभार जनाएको छ। स्मरण रहोस हाम्रो पार्टीले पहाडको ग्रामिण क्षेत्रहरूमा आजसम्म तीन सय भन्दा धेर बाटोहरूको खनन कार्य गरी सकेका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *