अग्नि पिडित परिवारलाई हाम्रो पार्टीले गरयो आर्थिक सहयोग

IMG-20230319-WA0156.jpg

दार्जीलिङ: गत केही दिन अधि चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत पर्ने गोदाम गाउँ निवासी सुहान मास्केको धरमा आगो लाग्दा धर सम्पति सवै थोक जलेर खरानी भएको थियो। अग्नि पिडित सुहान मास्केलाई आर्थिक सहयोग प्रदान गर्न हाम्रो पार्टीको समष्टि अध्यक्ष सत्येन घलेको नेतृत्वमा समष्टि महासचिव विशाल दर्नाल, अर्जुन प्रधान आदि अग्नि पिडित परिवारसंग भेट गर्न पूगेका थिए। हाम्रो पार्टीको प्रतिनिधि टोलीले अग्नि पिडित सुहान मास्के लाई पार्टीको पक्षबाट आर्थिक सहयोग प्रदान गरयो। यसै संदर्भमा हाम्रो पार्टीको समष्टि अध्यक्ष सत्येन मास्केले बताए अनुसार हामीले अग्नि पिडित परिवार लाई कुनै ठूलो आर्थिक सहयोग प्रदान गर्न सकेनौ तर परेको बेला पिडितहरूको अधि उभिन्दा मात्र पनि धेरै साहारा पाइन्छ। हामीले अग्नि पिडित परिवारलाई अन्य सर समाग्रीहरू प्रदान गर्ने सोच बनाएका छौ अध्यक्ष घले भने।

स्मरण रहोस हाम्रो पार्टीले पहाडको ग्रामिण क्षेत्रहरूमा आफ्नो नीजि कोषबाट अहिलेसम्म ३ सय भन्दा धेर बाटो खननको कार्य गरी सकेको छ भने गरीव विधार्थीहरूको शिक्षाको खर्च,गरीव विमारीहरूको उपचारको खर्च आदि जस्ता कार्य गर्दै आई रहेका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *