भारत–बङ्गलादेश अन्तर्राष्ट्रिय सिमानामा बीएसएफद्वारा २ करोड बढीको सून बरामद, एकजना पक्राउ

1200-900-18028742-thumbnail-4x3-bsf-arrest-aspera.jpeg.jpg

उत्तर २४ परगना: भारत–बङ्गलादेश अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको क्षेत्रमा बीएसएफका जवानहरूले २ करोड ७८ लाख ५७ हजार ५६१ रुपियाँको ४० वटा सुनको बिस्कुटसहित एक बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। उत्तर २४ परगना जिल्लाको आईसीपी पेट्रापोलएक यो घटना भएको हो। पक्रा परेका ट्रक चालक व्यक्ति बङ्गलादेशको सतखिरा जिल्लाका बासिन्दा रहेको समाचार छ। बीएसएफका अनुसार गुप्त स्रोतबाट प्राप्त सूचनाको आधारमा बीएसएफले शनिबार राति आईसीपी गस्ती क्षेत्रमा रहेको शंकास्पद बङ्गलादेशी ट्रकलाई नियन्त्रणमा लिएको हो। उक्त ट्रकमा बङ्गलादेशबाट भारततर्फ माछा ल्याइएको थियो। बीएसएफका जवानहरूले ट्रकमा छानबिन गर्दा माछाको बाकसको मुनिबाट ४० वटा सुनको बिस्कुट बरामद गरिएको समाचारमा बताइएको छ बीएसएफका जवानले तत्कालै ट्रकसहित चालकलाई नियन्त्रणमा लिएका थिए। सुनको बिस्कुट र ट्रकसहित चालकलाई आवश्यक कारबाहीका लागि कस्टम कार्यालयमा सुपुर्द गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement