असममा उग्रवादी संगठन केएलओ (केएन) ले बीटीआरमा पठायो एसएमएस

b-389.jpg

कोकराझार: केएलओ (केएन) ले बोडोल्याण्ड टेरिटोरियल रीजन (बीटीआर) क्षेत्रमा धन उपार्जनको लागि व्यापारीहरूलई एसएमएस पठाएको छ। प्रतिबन्धित संगठन उल्फा (स्वाधीन) ले माथिल्लो असममा पहिलाबाटै मनपरी ढंगमा अर्थ संग्रह गरिरहेको छ भने अब तल्लो असमको बीटीआर क्षेत्रमा केएलओ (केएन) ले यस्तै गतिविधि शुरू गरेको छ। भनिन्छ, कोकराझार जिल्लान्तर्गत गोसाईगाउँको गुरूफेला र कचुगाउँ सहित वरपरका क्षेत्रहरूमा एक दर्जनभन्दा अधिक लघु व्यवसायीहरूलाई एसएमएस पठाएर ५-५ लाख रुपियाँ दश दिनभित्रमा दिनुपर्ने माग गरिएको छ। यी व्यापारीहरूले यसबारे पुलिसलाई जानकारी दिएका छन्। यो एसएमएस बांग्लादेशबाट मोबाइल नम्बर ८८०१८७७४०२६६३ मार्फत पठाइएको छ।त्रसित व्यापारीहरूले गुरूफेला थानामा जनाएका छन् साथै आफ्नो सुरक्षाको निम्ति गुहार मागेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *