दुर्गापुरमा एकै परिवारका चारजनाको रहस्यमय मृत्यु

photo-feet-on-their-bed-260nw-1840901758.jpg

दुर्गापुर: दुर्गापुरमा एकै परिवारका चारजनाको रहस्यमय मृत्यु भएको समाचार छ। यो घटना मिलनपल्ली, कुरुलियाडांगा, दुर्गापुरमा भएको हो, जहाँ एक वयस्क, उनकी पत्नी र दुईजना नानीको शव फेला परेको छ। स्थानीय स्रोतका अनुसार अमित मण्डलको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो। कोठाभित्र ओछ्यानमा पत्नी र दुईजना नानीको शव थियो। आज बिहान घटनाको खबर पाएपछि स्थानीय बासिन्दा घर अगाडि जम्मा भएका थिए। उनीहरुले ती दम्पती र छोराछोरीको हत्या भएको दाबी गरेका छन्। दुर्गापुर पुलिस थानाका पुलिस बलले यस घटनाबारे छानबिन शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement