राज्यपाल आचार्यले गरे एमजी मार्गमा जी२० स्टल्सको भ्रमण

Untitled-1-copy-42

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज एमजी मार्गमा नाबार्डले आयोजना गरेको प्रदर्शनीको भ्रमण गरे। जी२० स्टल्स अन्तर्गत आयोजित यस प्रदर्शनीमा एसएचजी, एफपीओ र स्थानीय कारीगारहरूले आफ्ना उत्पादहरू प्रदर्शनी एवं बिक्रीमा राखेका छन्। राज्यपालले स्टलहरूको भ्रमण गरे भने एसएचजीका सदस्यहरू र स्थानीय कारीगारहरूसॅंग अन्तरक्रिया गर्दै उनीहरूद्वारा प्रदर्शित उत्पादहरूको बारेमा जानकारी लिए। उनले राज्यका स्थानीय कारीगारहरूको प्रतिभा र शिल्प कौशलले प्रशंसा गरे।

राज्यपाल आचार्यले सिक्किममा जी२० शिखर सम्मेलन अन्तर्गत दुईवटा बैठक आयोजन गर्ने अवसर प्रदान गरेकोमा केन्द्र सरकारप्रति आभार व्यक्त गरे। यस अवसरले सिक्किम र सिक्किमेहरूलाई लोकप्रियताको अर्कै आयाममा पुऱ्याउने छ भन्दै यसले पर्यटनको विकासमा पनि ठूलो टेवा पुग्ने उनले बताए। जी२० स्टल्सले राज्यको स्थानीय हथकरघा एवं हस्तशिल्प क्षेत्रलाई मार्केट सर्पोट प्रदान गरेको उनले बताए। उनले सिक्किम सदैव प्रगतिशील राष्ट्र निर्माणप्रति समर्पित रहेको छ भन्दै जी२० र स्टार्टअप२० को आयोजनपछि सिक्किमले आफ्नो नाममा अझ एउटा उपलब्धी हासिल गरेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *