ब्राउन सुगर सहित पति पत्नी पक्राउ

IMG-20230318-WA0005.jpg

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउनको निम्ति केही महिनादेखि सक्रियरूपमा पहल गरिरहेको छ। यसै क्रममा जोरथाङ पुलिसले  ड्रग्स सहित पति पतनीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी जोरथाङ माझीगाउँ निवासी टेक बहादुर छेत्री र उनकी धर्मपत्नी रश्मी राईकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीद्वयबाट पुलिसले १६.३२ ग्राम्स ब्राउन सुगर, ३ वटा एनटेन ट्याबलेट ३ वटा, विन्डलास्म विन्सपास्मो क्याप्सुल ३ वटा लगायत नगत २० हजार ७ सय रूपियाँ फेला पारेको छ। पुलिसले आरोपीद्वयविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement