सिलगढ़ी: प्रधाननगर थाना पुलिसले अत्याधिक मात्रामा प्रतिबन्धित कफ सिरपको साथ पक्रा गरेको आरोपीलाई शुक्रवार अदालतबाट दुई दिनको रिमाण्डमा लिएको छ। पक्रा परेको आरोपितको नाम नरेश साहनी बताइएको छ। जानकारी अनुसार, नरेश साहनीलाई हिजो राति चम्पासरी बजारबाट भारी मात्रामा प्रतिबन्धित कफ सिरपको साथ प्रधाननगर थाना पुलिसले अभियान चलाएर रेड ह्याण्डेड समाएको थियो। जसपछि आज उसलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी सिलगढ़ी अदालतमा पेश गरियो। अदालतमा सुनवाईपछि न्यायाधीशले आरोपितलाई दुई दिनको पुलिस रिमाण्डमा राख्ने निर्देश दिए।