स्टार्ट अप २०मा सहभागिता जनाउन २० देशका प्रतिनिधिहरू सिक्किममा

CollageMaker_20233172290102.jpg

गान्तोक: भोलिदेखि राजधानी गान्तोकमा शुरु हुने स्टार्ट अप २०-सम्मेलनमा सहभागिता जनाउन जी २० देशका मोठ ८७ प्रतिनिधिहरू आज बाघडुग्रा विमानस्थलमा अवतरण गरेपछि गान्तोक आइपुगेका छन्। जसमा स्वीडेनबाट पेर अरनी विस्ट्रोम, जर्मनीबाट काट्जा लेश्च, इटलीबाट गुइलिया फर्नाण्डा, युएसएबाट चिस राचेल, क्यानाडाबाट विक्रम खुराना, स्वीटजरल्याण्डबाट स्टिफन मोसेर, ओमानबाट क्वास रशीद सलिम, हमूद दाऊद, नादेर नासर, फारिस खामिस, मर्याम हामिद अलि, क्वास मोहम्मद याहया अनि अन्य प्रतिनिधिहरूलाई सिक्किम आउने क्रममा आज बाघडुग्रा विमानस्थलमा भव्य स्वागत जनाइयो। उनीहरूले भोलिदेखि शुरु हुने दुइदिने सम्मेलनमा सहभागिता जनाउनेछन्। प्रतिनिधिहरूलाई गृह विभागका संयुक्त सचिव श्रीमती सरमिष्ठ प्रधान, प्रोटोकल अधिकारी श्रीमती रञ्जीता राई लगायत अन्यले स्वागत जनाए।

About Author

Advertisement