रेल कर्मचारीको मृत्यु

750f327f-cdcb-4958-8488-45bd9c5dca77

कालचिनीः बिहीबार राती प्रायः ११.३० बजी कालचिनी थाना अन्तर्गत पर्ने गारोपाड़ा संलग्न सड़कमा एउटा वाहनसित मुखामुखी संघर्षमा एउटा मोटरबाइकमा सवार तीनजना गम्भीर घाईते बनेको थियो भने घटनास्थलमा नै बाइक चालक प्रकास तिर्की उमेर ३५ को मृत्यु भएको पुलिस सुत्रले जनाएका छन्। मृतक प्रकास तिर्की कुमारग्राम मध्य हल्दीबारी निवासी रहेको र तिनी गारोपाड़ा संलग्न अठियाबारी रेलवे गेटमा कर्मरत थिए।
मध्य राती मोटरबाइकमा आफ्नो दुईजना साथीहरुसँग सवार भएर जाँदा गारोपाड़ा चौपति नजीकै कुनै एउटा अज्ञात वाहनसित ठोक्किन पुग्दा सो दुर्घटना भएको बताईएको छ। पुलिसले घटनाको जानकारी पाएर घटनास्थलमा पुगेर एकजनाको मृतदेह उद्धार गर्नको साथै दुईजनालाई गम्भीर घाईते अवस्थामा अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको जनाएका छन्। मृतकको परिवार रातारात कालचिनी आएर शवलाई पोस्टमार्टमको निम्ति लगेर गएको जान्नमा आएको छ। दुर्घटना गर्ने वाहन मौका छोपेर भाग्न सफल भएको तर पुलिसले यसको खोजी गरिरहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement