निखोज शिवरथ उर्फ टुरु खड़िया, परिवारमा अशान्ति

37b185a7-d494-4152-9a43-4bd48ffb3330

कालचिनीः गत १२ मार्चको बिहान प्रायः ५ बजी घरबाट अचानक निस्किएर गएका शिवरथ उर्फ टुरु खड़िया उमेर ६५ आज ६ दिन बितिसक्दा पनि घर फर्किएर नआएकोले टुरु खड़ियाको परिवारमा अस्वाभाविक चिन्ता छाएको छ। कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा ८ नम्बर गाउँका बासिन्दा शिवरथ उर्फ टुरु खड़िया कमानबाट अवकाश ग्रहण गरेर पनि बिघा श्रमिकको रुपमा काम गरिरहेको थियो। गाउँघरमा धामीको काम पनि गरी हिँड़ने शिवरथ खड़ियालाई गाउँमा सबैले टुरु नामले चिन्दै आईरहेको छ भने गत १२ मार्चको बिहान ५ बजी तिनले आफ्नो स्वास्नीलाई चिया पकाईराख भनि घरबाट निस्किएको थियो।
तर उक्त दिनभरी टुरु घर फर्किएर आएनन्।
बेलुकीसम्म घर परिवारमा तिनी निखोज भएकोले चिन्ता बढ़्न थालेपछि आफ्नो आफन्त सबैकहाँ खोजबीन शुरु भएता पनि कुनै पतो लागेन। अन्ततः कतै पतो नलाग्दा परिवारको नाति आर्यन खड़ियाले कालचिनी थानामा एउटा निखोज प्राथमिकी दर्ता गरेको थियो। तर ६ दिन बितिसक्दा पनि शिवरथ उर्फ टुरु खड़ियाको हालसम्म कुनै पतो नलागेकोले परिवारमा चिन्ताको लहर छाएको छ। निखोज टुरु खड़ियाको स्वास्नी शनिचरी खड़ियाले १२ मार्चको बिहान चिया पकाउन लगाएर लोग्ने बाहिर घुम्न निस्किएको तर चिया पिउन नआएको ६ दिन भईसक्यो आजसम्म लोग्ने घर फर्केर नआएको व्यथा पोख्छिन। बाजेको मानसिक स्थिति ठीकठाक नै रहेको र घरमा कुनै प्रकारको झगड़ा तनाउ थिएन तर किन बाजे यसरी अचानक घर छोड़ेर निस्किए केही थाह नभएको नाति आर्यन खड़िया बताउँछन। गाउँले समाजसेवी राजु लोहारले टुरु खड़िया एकजना असल व्यक्ति साथै गाउँमा तिनले धामीको काम पनि गर्दै आईरहेको तर अचानक यसरी तिनी निखोज हुँदा गाउँलेहरू सबै दुखित बनेको जनाएका छन्। यदि कसैले पनि तिनलाई कतै देखे अथवा भेटाए गाउँमा सम्पर्क गरीदिने निवेदन पनि समाजसेवी राजु लोहारले गरेका छन्।

About Author

Advertisement