रंगनित चिया बगान खोल्न बैठक

IMG-20230317-WA0191.jpg

बगान मालिकद्वारा श्रमिकहरूले मांग पूरा गर्न राजी

दार्जिलिङ: सभामा जीटीएका प्रमुख कार्यपाल अनित थापा, प्रशासनको पक्षबाट दार्जिलिङ जिल्लाधिकारी एस पुनमबालम, पुलिस अधीक्षक प्रवीन प्रकाश, दार्जीलिङ सदर महकुमा शासक दुलेन रोय,मालिक पक्षबाट अजित कुमार अग्रवाल, हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्स, क्षेत्रीय सभासद जितेन राई,रंगनित गाउँ सुधार समितिको अध्यक्ष रोशन लामा, सचिव अदितिया राई लगायत विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो। दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकमा श्रमिक एंव रंगनित चिया बगानको बासिन्दाहरूले राखेको १८ वटा मांगहरू सबै मालिक पक्षले स्वीकार गरेको छ। रंगनित चिया बगानको माथिल्लो र तल्लो चित्रेमा मालिक पक्षले ठूल्ठूलो पर्खालहरू लगाएका थिए त्यो हटाउन मालिक पक्ष राजी भयो। त्यसरी नै प्रबन्धक पक्षले बगानको बाटो गाउँलेहरूलाई प्रयोग गर्नदेखि बन्द गरेका थिए यो खोल्ने निर्णय लिए। तल्लो रंगनित गाउँ जाने बाटो प्रबन्धक पक्षले बन्द गरी दिएका थिए त्यो खोल्ने निर्णय लिए,मालिक पक्षले रंगीट चिया बगानमा बसोबासो गर्ने मानिसहरूको घर एंव जमीनहरू प्रयोग गर्नलाई अनुमति पत्र प्रदान गर्ने वचन दिए,रंगीट प्राइमेरी स्कूलको संचालनमा कुनै प्रकारको बाधा नदिने वचन दिए,बगान पक्षको विरोधमा ओर्लिन्दा जति पनि मामलाहरू दर्ता गरिएको थियो ती सबै फिर्ता लिने निर्णय लिए।रंगीट चिया बगानमा निर्माण हुन गईरहेको होटलमा रंगनित चिया बगानको श्रमिकहरूको छोरा छोरी अनि गाउँवासीहरूलाई प्राथमिकता दिने निर्णय लिएको रंगनित गाउँ सुधार समितिको सचिव अदितिया राईले बताएको छ। उनले अघि भने, ‘हामी रंगनित चिया बगानको बासिन्दाहरूको पहिला १२ सूत्री मांग थियो तर पछिबाट फेरि थापेर १८ सूत्री मांग भएको थियो,ती सबै मालिक पक्षले आज स्वीकार गरेको छ।’

स्मरण रहोस् गत २०२२ मा रंगनित चिया बगानको प्रबन्धक पक्षले श्रमिक एंव स्थानीय बासिन्दाहरूलाई बाटो बन्द गर्ने आदि जस्ता धेरै कार्यहरू गरेका थिए। मालिक पक्ष एंव प्रबन्धक पक्षद्वारा गरिएको शोषणको विरोधमा रंगनित चिया बगानको श्रमिकवर्ग अनि स्थानीय बासिन्दाहरू सडकमा ओर्लिएका थिए। त्यसै अवधि रंगनित चिया बगानको श्रमिकहरूले भोग्न परिरहेको अवस्था बुझ्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स र उनकी धर्म पत्नी नम्रता एडवाडर्स पनि रंगनित चिया बगान पुगेका थिए अनि श्रमिकहरूको दुःख ब्यथा देखेपछि अजय एडवाडर्स र नम्रता एडवाडर्स रंगनित चिया बगानको चित्रेमा आमरण अनशनमा एक घण्टाको अवधि जिल्ला प्रशासनले हस्तक्षेप गर्दै बैठक बोलाउने वचन दिएर अजय एडवाडर्स र नम्रता एडवाडर्सलाई अनशनबाट उठाएका थिए। आज रंगनित चिया बगानको मालिक पक्षले श्रमिक एंव गाउँवासीहरूको मांगलाई स्वीकार गरेकोमा रंगनित चिया बगानको बासिन्दाहरू अति नै खुशी रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement