बेंगलुरु ड्रीम युनाइटेड फूटबल क्लबद्वारा १६ जनाको चयन

IMG-20230317-WA0091.jpg

१७ मार्चः सिलगढ़ी युनाइटेड फूटबल क्लबको सहयोगमा बेंगलुरुको अग्रणी क्लब बेंगलुरु ड्रीम युनाइटेड एफसी-द्वारा गरिएको ७ दिनव्यापी ट्रायल्सपछि १६ जना खेलाड़ीलाई चयन गरियो। गत १० मार्चदेखि शुरु भएको प्राथमिक ट्रायल्सपछि अन्तिम चरणको ट्रायल्स बिहीवार मिलनमोड़ खेल मैदानमा सम्पन्न भयो। अन्तिम चरणको ट्रायल्समा सिलगढ़ी, मिरिक, दार्जीलिङ, खरसाङ, कालेबुङ र डुवर्सबाट प्राथमिक ट्रायल्समा चयन गरिएका ८० भन्दा अधिक खेलाड़ीहरूले हिस्सा लिएका थिए। बेंगलुरु सुपर डीविजन लीगको आउँदो सीजनको निम्ति टीम तयार गर्न आउने ड्रीम युनाइटेड एफसी-बाट ट्रायल्समा प्रशिक्षक शरथ कामथ र अजीत हानागल रहेका थिए। यसको साथमा सिलगढ़ी युनाइटेड एफसी-को तर्फबाट अनिमेश लामाको साथमा राज सुब्बा र स्माइल लामाको उपस्थिति रहेको थियो। अन्तिम चरणको ट्रायल्सपछि १६ जना खेलाड़ी चयन गरियो, जसले चाँड़ै बेंगलुरु प्रस्थान गर्नेछन्। यसमा सौरभ प्रधानलाई ट्रायल्सको बेस्ट प्लेयर चयन गरियो अनि उनलाई बेंगलुरु ड्रीम युनाइटेडको तर्फबाट २० हजार रुपियाँको नगद पुरस्कारको साथमा तुरन्त प्रभावको साथ अनुबन्ध प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement