कोविड़ भारत: आज पनि कोरोनाको ७०० बढी नयाँ मामिला, ५ जनाकाे मृत्यु

IMG-20230316-WA0251.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७९६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,९३,५०६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कर्नाटक, हिमाचल प्रदेश, पुदुचेरी, उत्तर प्रदेश र केरल मा १ जना गरि कुल ५ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७९५ पुगेको छ। यसरी नै यस अवधिमा ३८८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५७,६८५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ५,०२६ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९८,७२७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,०१,११,३९३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,७८७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,८८,५४३ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement