सोरेङः सामाजिक कल्याण विभाग, सोरेङ जिल्लाले बुधवार एससी लाभार्थीहरूलाई पावर टिलर मेशिन वितरण गऱ्यो। उक्त सहुलियत पीएम अजय (एससीए-एससीएसपी) अन्तर्गत वित्तीय वर्ष २०२१-२२ को निम्ति प्रदान गरिएको हो। कार्यक्रममा उपाध्यक्ष दिल प्रसाद जोगी, पञ्चायत सदस्य सञ्चहाङ सुब्बा, वरिष्ठ कल्याण अधिकारी प्रतिभा तामाङ तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।











