नदीबाट बालुवा ढुङ्गा खननको लागि चाँडै लिज दिनुपर्ने मागमा विक्षोभ प्रदर्शन

sdt.png

सिलगढी: नदीबाट बालुवा ढुङ्गा खनन गर्ने कार्य हालसम्म पनि बन्द छ। आज मतिगढाको बीडीओ कार्यालयमा यसको लागि चाँडै लिज दिनुपर्ने माग गर्दै नदी श्रमिक ऐक्यले विक्षोभ प्रदर्शन गर्यो। श्रमिक तथा ट्र्याक्टर मालिकहरूले आज मतिगढाका बीडीओ, पञ्चायत समितिका सभापति तथा बीएलआर ओलाई ज्ञापन पत्र चढाए। मुख्यत गत जनवरी महिनादेखि नदी घाट बन्द रहेको छ। नयाँ प्रकारले लिज नदिएकोले गर्दा नदी घाट बन्द रहेको छ। स्थानीय मानिसहरूले बताए अनुसार नदीबाट बालुवा ढुङ्गा खनन गरेर नै इलाकाका मानिसहरूले जीवन यापन गर्दै आइरहेका छन्। हाल घाट बन्द रहेकोले निक्कै असुविधा भइरहेको छ। यसैले चाँडै नदी घाटहरू खोल्ने तिनीहरूले माग गरे। यदि तीन दिन भित्रमा नदी घाट नखोलेको खण्डमा राष्ट्रिय राजमार्ग अवरोध गरेर वृहत् आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिए। यस विषयमा मतिगढाका बीडीओ श्रीवास विश्वासले भने, जिल्लाशासकको माध्यमद्वारा राज्यको नदीबाट बालुवा ढुङ्गा खनन गर्ने कार्यको लागि चाँडै लिज दिने माग गरिनेछ।

About Author

Advertisement