बिजनबारी: दार्जिलिङ पुलबजार खण्डको नयाँ नोर ग्राम अन्तर्गत अप्पर नोर निवासी सचिन लिम्बुले देशको नामी विश्वविद्यालयमा पर्ने जवहारलाल विश्वविद्यालय दिल्लीबाट राजनैतिक शास्त्रमा विधावारिधि पूरा गरी आफ्नो व्याक्तिगत उपलब्धिसँगै सम्पूर्ण क्षेत्रलाई नै गौरान्वित बनाएका छन्। स्थानीय डम्बरधोज लिम्बु तथा बिनु राईको सुपुत्र सचिनले रसियन पोलिसी टुवार्ड्स युनाइटेड स्टेट्स अफ् अमेरिका: नियो युराएसियनिस्ट पर्सपेकक्टिभ (Russian Policy towards United States of America: Neo Eurasianist Perspective) मा थेसिस पुरा गर्दै विधावारिधि प्राप्त गरेका हुन्। ४ जनवारी १९९० मा साधारण परिवारमा जन्मेका सुब्बाको प्राथमिकदेखि आठ कक्षासम्मको पठन पाठन लिटल रंगीत अंग्रेजी विद्यालयबाट शुरु गरेका थिए। उनले विद्यासागर उच्चत्तर माध्यमिक विद्यालयबाट २००६ सालमा उत्कृष्ट अंकको साथमा माध्यमिक पास गरेपछि एघारौं तथा बाह्रौं श्रेणीको पढ़ाई घुम उच्चत्तर माध्यमिक विद्यालयबाट पूरा गरी वर्ष २००८ सालमा उच्च माध्यमिक पूरा गरेका थिए भने दार्जिलिङ सरकारी महाविद्यालयबाट राजनैतिक शान्त्रमा सम्मानसहित वर्ष २०११ मा स्नातक पूरा गरेका छन्।

त्यसरी नै उनले स्नातकोत्तर सिक्किम विश्वविद्यालयबाट २०१३ सालमा पूरा गरेपछि उच्च शिक्षाको निम्ति देशको राजधानी दिल्ली पुगेका थिए। जवहारलाल विश्वविद्यालयबाट २०१५ सालमा एमफिल्ड पूरा गरेपछि विधावारिधिको अध्ययन २०१५ सालदेखि शुरु गरेको थिए यद्यपि २०२० सालमा सकिने उनको यो डिग्रीलाई कोरोना महामारीले समयमा पूरा गर्न नपाएको भए पनि अन्ततः उनलेे विद्यावारिधि पूरा गर्दै क्षेत्रलाई गौरवान्वित पारेका छन्।











